मिसन ग्रासरूट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत नेकपा एमाले पाख्रीबास नगर कमिटीको आयोजनामा अभियान समापन गरेको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज एवम् निवर्तमान भुमिव्यवस्था सहकारी तथा गरिबी निवारन मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा आज समापन गरिएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य अभियानका पाख्रिबास नगरका प्रमुख अभियान्ता लक्ष्मी गौत्तम , पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली , प्रदेश कमिटी सदस्य दिपक बुढाथोकी , अनेम संघका केन्द्रीय सदस्य धुममाया राई , पार्टीका जिल्ला सचिवालय , जिल्ला कमिटी सदस्य , नगर ईन्चार्ज , सह(इञ्चार्ज , नगरकमिटी सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
सोहि अवसरमा नगरका १० वटै वडा भित्रका पुर्व जनप्रतिनिधि , ज्येष्ठ कम्युनिस्टहरु १ सय ७५ जनालाई सम्मान गरिएको छ ।
ग्रासरुट अभियान मार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचार प्रसार , प्रत्येक वडाको टोलो टोलमा पुगेर टोल स्तरीय बैठक , प्रशिक्षण , पार्टी प्रति जनताको राय सल्लाह सुझाव लिने , पार्टी सदस्यता नविकरण , जनसंगठन निर्माण तथा विस्तार लगायतको काम गरेको नगर कमिटीले जनाएको छ ।
नगर कमिटी अध्यक्ष सान्तिराम गौत्तमको अध्यक्षता, सचिव सिताराम राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । नगरले मिसन ग्रासरुट अभियान वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेर सञ्चालन गरेका थिए ।