धनकुटा ,
पाख्रीवास नगरपालिकाको वडा नं ९ र १० मा नेकपा एमालेको मिशन ग्रासरुट पार्टी सुद्धृढीकरण तथा विस्तार अभियान सम्पन्न भएको छ ।
वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा ९ नं वडाको २० जना र १० नं वडा को १० जना अग्रज कार्यकर्ता तथा पूर्व जनप्रतिनीधिलाई सम्मान गरिएको छ ।
पाख्रीवास नगरपालिकाका मिशन ग्रासरुट अभियानका प्रमुख अभियान्ता एवं पार्टीका केन्द्रिय सदस्य लक्ष्मी गौतमको प्रमुख आतिथ्य भएको कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको नेकपा एमाले पाख्रीवासले जनाएको छ ।
यो अभियान अन्र्तगत ती दुई वडाको टोल स्तर वैठक, पार्टी सदस्यता नविकरण,नयाँ सदस्यता वितरण,जनवर्गीय संगठन विस्तार लगायतका काम गरिएको थियो ।
अभियान समापन कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य नम्रता देउजा,नगर कमिटी अध्यक्ष शान्तिराम गौतम,कोशी प्रदेश कमिटी सदस्य दीपक बुढाथोकी,जिल्ला सचिवालय सदस्य निरेन तामाङ,प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य दधिराम तिम्सिना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य हरि खत्री,१० नं वडा कमिटी अध्यक्ष रामप्रसाद तिम्सिना सहित पार्टीका जिल्ला,नगर र वडा कमिटी सदस्यहरुको उपस्थिती थियो । कार्यक्रको अध्यक्षता ९ नं वडाध्यक्ष सम्झना आले रहनु भएको थियो ।
स्वागत मन्तव्य जिल्ला सल्लाहकार सदस्य खेमराज घिसिङले राख्नुभएको थियो । पाख्रीवास नगरको १० वटा वडा तथा ४६ वटा टोलमा यो अभियान सञ्चालन गरिसकेपछि चैत ३० गते नगर स्तरको अभियान समापन गरिने नगर कमिटी अध्यक्ष गौतमले जानकारी दिनुभयो ।