नाबालिका माथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक बिरुद्व जाहेरी

238

दोलखा, १६ चैत | जिरी नगरपालिका वडा नं ८ स्थित कालीदेवी आधारभुत बिद्यालयमा करारमा कार्यरत शिक्षक गोबिन्द ओलीविरुद्व एक किशोरीले जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी छिन्।

वडा नं १ स्थित बौद्वभुमेश्वर माध्यामिक विद्यालयको विद्यार्थी १५ वर्षकी किशोरीको तर्फबाट आमाले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखामा जाहेरी दर्ता गरेकी हुन् ।

प्रहरीका अनुसार घटना घटे लगत्तै ओली फरार भएका छन् र खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । उक्त घटनाको सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । प्रहरीमा दिइएको जाहेरी अनुसार जिरीको यार्सा होटेलमा लगेर करिब २ दिन पटक पटक बलात्कार गरेको बताइएको छ ।

कसरी घट्यो घटना ?

जिरी नगरपालिकास्थित वडा नं १ स्थित गर्जाङढुङ्गा माविको बार्षिकोत्सव फागुन १७ गते भएको थियो । सोही विद्यालयको बार्षिकोत्सवमा गोबिन्द ओली र नाम परिवर्तन (फूलमाया बुढाथोकी) को चिनजान भयो । वार्षिकोत्सवमा खेलकुद (भलिवल) प्रतियोगिता राखिएको थियो । कार्यक्रम सम्पन्न भएपछि सोही गाउँको यलाङ गुम्बामा शेर्पा जातीको छेच्यु नाच भएको हुँदा सोही कार्यक्रममा रातभरि नाचगान भएको थियो । राती अबेर भएपछि फुलमाया(नाम परिवर्तन ) सँगै रहेका अन्य साथीहरु गोबिन्दका साथीहरुले मोटरसाइकलमा उनीहरुको बासस्थानमा पुर्‍याए । अन्तत रातीको बेला गोबिन्द र फुलमाया मात्र भए। अन्तत ओलीले उनीलाई फकाएर जिरीको (यार्सा) गेष्टहाउसमा लगेर बलात्कार गरेको खुलेको छ । फागुन १८ र १९ गते बिहानसम्म होटलमा रहेको र त्यसपश्चात दुबै जना होटेलबाट छुटेको खुलेको छ ।

आमाका अनुसार छोरी ३ दिनदेखि सम्पर्कमा नआएपछि खोजी कार्य भयो । सबैतिर हल्ला चलेपछि फागुन १९ गते विहान घरमा एक्लै आएको र आमालाई बलात्कार गरेको विषयमा बेलीविस्तार बताएपछि जवर्जस्ती करणी गरेको खुलेको हो ।

त्यस्तै जिरी नगरपालिका वडा नं १ का वडासदस्य ढालबहादुर बुढाथोकीका अनुसार किशोरीलाई घटना बाहिर नल्याउन लोभलाचज देखाउने‚ धम्की दिने जस्ता गतिविधिहरु गर्ने गरेको जानकारी दिएका छन् ।

नाबालिकाको स्वास्थ्य स्थितिबारे अस्पतालमा चेकजाँच गरिसकेको र हाल प्रहरीको संरक्षणमा रहेको बताइएको छ । घट्नालाई सामसुम पार्ने कार्यमा गोबिन्दको संगतमा रहेका मानिसहरु संलग्न रहेको र नाबालिका माथि भएको घृणित कार्यलाई मिलाउने काममा केहि मानिसहरु लागिपरेको पीडितका परिवारले बताएका छन् । पीडितका परिवारका अनुसार फरार रहेको गोबिन्द लगायत घटनामा मुछिएका सबैलाई पक्राउ गरी छानबिन गर्न प्रहरीमा जाहेरी दिएको बताएका छन् ।

Previous article‘माइतीघरमा आन्दोलन गर्नेहरुका लागि खुलामञ्चमा शिविर बनाउन खोज्नु शंकास्पद’
Next articleकोशी प्रदेश जिल्ला स्तरिय रामनवमी कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी झापालाई ,

Leave a Reply