राष्ट्रिय युवासंघ नेपालद्वारा धनकुटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान ,

धनकुटा 
नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालले धनकुटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर धनकुटाको मदनचोकमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनकुटाको संयोजन र सुनसरी रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा गरिएको रक्तदानमा ५५ पाउण्ड रगत संकलन भएको छ ।

कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्थानियबासीले रक्तदान गरेका थिए । रक्तदान गर्नु भनेको जीवन दान गर्नु सरह भएकाले कार्यक्रमको आयोजना गरीएको युवा संघका धनकुटा अध्यक्ष प्रविण पोख्रेलले बताउनु भयो । रक्तदान कार्यक्रम उत्घाटन प्रदेश सभा सदस्य ईन्द्रमणि पराजुली गर्नु भएको थियो । कार्यक्रमकाे सञ्चालन संघका सचिव कमल कार्कीले गर्नु भएको थियोे ।