धनकुटा चैत १० ,
सहिद भुमि गाउँपालिकाको दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सहिदभुमिको समृद्धि स् शिक्षा ,स्वास्थ ,पर्यटन र कृषि ,भन्ने नाराका साथ गत फागुन १९ गतेबाट सुरु भएको अधिवेशनमा विभिन्न विषयमा बृहत छलफल गर्दै आज सम्पन्न भएको हो ।
गाउँ सभा गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालन भएको थियो । गाउँ सभाले मेलमिलाप कर्ताहरुको सुचिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेकाछन् भने सहिद भुमि गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०७५ लाई प्रतिस्थापन गर्न बनेको विघेक २०७९लाई पारित गर्दै गाउँ सभा सम्पन्न भएको अध्यक्ष मनोज राईले जानकारी दिनुभएको छ । यस्तै सभाबाट आर्थिक वर्ष २०७९र ८० को विनियोजन ऐन संसोधन गर्ने प्रस्ताव पारित गरेकाछन् । गाउँ सभामा नीति तथा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले प्रस्तुत गर्नुभएको थियोे ।
गाउँपालिकाको अधिबेशन बैठक बाट पारित गरेका विभिन्न कार्यविधिको बारेमा जानकारी सहीत सार्वजनिक गरिएको थियो । अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राई , कार्यपालिकाका सदस्य, सात वटै वडाका अध्यक्ष, सदस्य , गाउँपालिकाको विभिन्न साखाका कर्मचारी , लगायतको उपस्थिति रहेको थियो ।