धनकुटा
धनकुटाको चौबिसे गाउपालिकामा राष्ट्रिय युवासंघ नेपाल चौबिसे गाउँपालिका गाउँ कमिटीको पालिका अधिवेशन सम्पन्न भएको छ । संघको सोमबार सम्पन्न पालिका कमिटी अधिवेशन बाट राजेस निरौलाको अध्यक्षतामा ३७ सदस्य पालिका कमिटी गठन गर्दै सम्पन्न भएको हो ।

सम्पन्न अधिवेशनको उपाध्यक्षमा दोर्ण बहादुर लिम्बू , सचिवमा अर्जुन मगर,उपसचिव पदम लिम्बू ,उपसचिव मिलन मगर ,कोषाध्यक्ष कमला चेम्जोङ रहेकाछन् । पालिका अधिवेशन नेकपा एमाले जिल्ला सचिवालय सदस्य खजिन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेष अतिथि राष्ट्रिय युवा संघनेपाल जिल्ला कमिटी धनकुटाका अध्यक्ष प्रविन पोख्रेल , पालिका कमिटीका अन्य नेता कार्यकर्ताहरुको उपस्थिति थियोे । सोहि अवसरमा जसपा चौबिसेका युवा नेताहरू पदम लिम्बु र कुल ब सांवा नेकपा एमालेमा प्रबेस गरेकाछन् । उनिहरुलाई प्रमुख अतिथि विशेष अतिथिहरुले खदा तथा अबिरले स्वागत गर्नु भएको थियो ।