एमालेको मिशन ग्रासरुट अभियान अन्तरगत धनकुटा जिल्लाको सातवटै पालिकामा पालिका स्तरिय भेला सम्पन्न

धनकुटा
नेपाल कम्युष्टि पार्टी (नेकपा एमाले)को मिशन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तरगत धनकुटा जिल्लाको सातवटै पालिकामा पालिका स्तरिय भेला सम्पन्न भएको छ । अभियान अन्तरगत आज पार्टीको धनकुटा नगरकमिटीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला गरि अभियान्ताहरुले अभियानको बारेमा जानकारी गराएका छन् ।

नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं धनकुटा नगरको प्रमुख अभियान्ता जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा यो अभियानले पार्टीको सदस्यता नविकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको बास्तविक तथ्यांक,उनिहरुको अवस्था पालिका,वडा,टोल कमिटीको क्रियाशिलता सहित समग्रमा यर्थाथ जानकारी हुने, नेता कार्यकर्ता बीच एवम् पार्टी र जनता बीचको सम्बन्ध थप घनिष्ठ बनाउने, स्थानिय तहमा उत्पन्न हुन सक्ने अन्तरविरोधको पहिचान र समाधानको ठोस विकल्पवारे सिफारिस प्राप्त हुने जानकारी दिईएको छ ।

त्यस्तै पार्टी कमिटी र जनप्रतिनीधि बीचको सम्बन्धवारे बैचारिक राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने,स्थानिय तहका जनप्रतिनीधिहरको भूमीका थप प्रभावकारी बनाउने,सम्भावना युक्त नयाँ पुस्ताको पहिचान गर्ने,पार्टी अनुशासित र एकतावद्ध हुने, संगठनात्मक व्यवस्था सुदृढ गर्ने अभियानको उद्देश्य छ ।

अभियानको बारेमा अभियान्ता घिमिरे सहित प्रदेश कमिटी सचिवालय सदस्य उज्वल किराँती,जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुली,प्रदेश सदस्य टंक चौहान,मदन बसेल लगायतले जानकारी गराएका थिए । फागुन ५ गते देखी शूरु गरिएको यो अभियान अब जिल्लाको ७ वटै पालिकाको ६० वटै वडा,टोल पार्टी जनवर्गीसंगठन सहित घरघरमा सञ्चालन गरिने नेकपा एमाले सचिवालय सदस्य तथा प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख सावित्रा राईले जानकारी दिनुभयो ।