धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालावन्दी

धनकुटा ,
नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालावन्दी लगाएको छ । क्यम्पस प्रमुख र क्याम्पस प्रशासनिक भवनमा प्रशासनको लापारवाहीको कारण देखाउदै तालावन्दी गरेको हो । हिजो बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर झडप हुँदा नेपाल विद्यार्थी संघका सभापति र सचिव घाईते भएको विषयलाई लिएर अनिश्चितकालीन तालावन्दी लगाएको नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समिति द्धरा आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पस प्रशासनको लापारवाहीको कारण गैरविद्यार्थीहरु नेकपा एमालेका यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोख्रेल र सचिव कमल कार्की लगायत क्याम्पस हाता भित्र प्रवेश गरेर अनेरास्ववियू क्यामपस इकाइ सचिव मुस्कान रार्ई समेतको संलग्नतामा नेवि संघ क्याम्पस इकाइका सभापति सुवास भण्डारी र सचिव युवराज कार्की माथि संघातिक आक्रमण गरेको विरोध गर्दै सहायक क्याम्पस प्रमुख र प्रशासनिक भवनमा तालावन्दी गरेको नेवि संघले जनाएको छ ।

यता विद्यर्थी भर्नाका लागि लाइनमा बसिरहेको समयमा नेविसंघका विद्यार्थीहरुले अनेरास्ववियुको विद्यार्थीहरुलाई समय सकिएको भन्दै भर्ना गर्न नदिएपछि ठेलाठेल भएको युवा संघका सचिव कमल कार्कीले बताउनु भयो । उस्ले घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्ष तथा प्रशासनिक भवनमा तालाबन्दि गरेको छ भने दोषीहरुलाई कारवाही नगररिए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ । घाइते सभापति भण्डारी नोवेल हस्पिटल विराटनगरमा आइसियुमा राखेर उपचार भईरहेको छ ।