धनकुटा
माघ ६ गते देखी धनकुटामा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला, कृषि प्रदर्शनी, एभोकाडो एवं ५औं धनकुटा महोत्सवको तयारीलाई तिव्रता दिईएको छ ।
धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको लागि करिव आधा तयारी गरिए जानकारी दिईएको छ । संघका अध्यक्ष विजय सन्तोष राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार महोत्सवका लागि स्टल निर्माण,विभिन्न संघ संस्था सँग सहयोग र सहकार्यका लागि छलफल तथा अन्तरक्रिया लगायतका कामहरु भईरहेको छ ।
महोत्सवमा सुनसरी,विराटनगरका १५,काठमाण्डौको १० सहित जम्मा १८० स्टलहरु रहने अध्यक्ष राईले वताउनुभयो । महोत्सवमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नि:शूल्क र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने उहाँले वताउनुभयो । महोत्सवमा दाँत र आँखा नि:शूल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था गरिने जानकारी दिईएको छ । त्यस्तै विद्यालयहरुको सहभागितामा नृत्य प्रतियोगिता,साहित्यिक कार्यक्रम समेतको व्यवस्था गरिनेवारे छलफल भईरहेको अध्यक्ष राईले वताउनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु मेलिना राई, प्रमोद खरेल, रचना रिमाल लगायत स्थानिय कलाकारहरुको बेजाड सँगितीक प्रस्तुती रहने संघले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य संघका उपाध्यक्ष तारा कुमारी तितुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संघका सचिव तथा महोत्सव प्रचार प्रसार समिति संयोजक श्रीराम रायामाझीले गर्नुभएको थियो ।