धनकुटा
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सेवाग्रहीको हिसाव किताब हिनामिना गर्ने नगर भित्रका सहकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
नवज्योती वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो ।
नगरभित्रका केही सहकारीहरुले सेवाग्रहीको वचत हिनामिना गरेको धेरै गुनासो आएको भन्दै उहाँले त्यस्ता सहकारीका सञ्चालक तथा संस्थालाई कारवाही गरिने वताउनुभयो । पछिल्लो समय सहकारी संस्थाहरुले वित्तिय विश्वस्नियता गुमाउदै गएकोले अब सहकारी संस्थाले आफ्नो आर्थिक कारोवार स्पष्ट र पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्न कर्मचारीहरुले आवश्यक तालिम लिन पर्ने वताउनुभयो । सहकारीको नीति,विधि र प्रविधि अनुसार सहकारीहरुले आफ्नो कारोवार सञ्चालन गर्नुपर्ने वताउनुभयो ।

त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीले जिल्ला भित्र सञ्चालित सहकारी मध्ये नवज्योती वचत तथा ऋण सहकारीले उत्कृष्ठ तरिकाले कारोवार गरिरहेको वताउनुभयो ।
सहकारीहरु देशको आर्थिक क्षेत्रमा २० प्रतिशत योदान पुर्याईरहेको र महिलाहरुको सशक्तीकरण,सामाजिक विकासको क्षेत्रमा समेत योगदान पुर्याईरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन गोम्बा,शेयर सदस्यहरको तर्फवाट ऋषीराम ढुंगाना,सहकारीहरुको तर्फवाट महिला सशक्तीकरण वचत तथा ऋण सहकारीका सचिव सुनिता लावती लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष धिरेन्द्र थिङले आर्थिक वर्ष २०७८/७९ मा ४ करोड,८९ लाख २८ हजार ३ सय ७५ रुपयाँ ७१ पैसा निक्षृप संकलन,४६ लाख १९ हजार १ सय शेयर पुँजी,२ करोड ५३ लाख ३६ हजार ६ सय ३० ऋण लगानी र २ करोड ३९ लाख ६५ हजार १ सय ६९ रुपयाँ ऋण असुली सहित जम्मा १५ करोड ६ लाख ८८ हजार २ सय ८० रु पयाँ बराबरको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष थिङले सहकारीको खुद नाफा २३ लाख ५९ हजार रहेको उहाँले वताउनुभयो । सहकारीका कोषाध्यक्ष युवराज शाहीले आर्थिक वर्ष २०७८/७९को २ करोड ४९ लाख ४ जार ४ सय २७ रुपयाँ वरावरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।
धिरेन्द्र थिंङ कै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम बहादुर रायमाझी,सचिवमा अच्युत घिमिरे र कोषाध्यक्षमा योगेन्द्र शाही रहेकाछन् ।

सदस्यहरुमा भानु अधिकारी,विनु तामाङ र सम्झना शाक्य रहेका छन् ।
स्वात मन्तव्य राम वहादुर रायमाझीले राख्नुभएको थियो भने सञ्चालन अच्युत घिमिरेले गर्नुभएको थियो । सभामा उत्कृष्ठ ऋणी किरण शक्य,सविता कुमारी शाह,असल वचतकर्ता रानी तामाङ,अमित थापा,उत्कृष्ठ शेयर सदस्य नगेन्द्र प्रसाद दाहाल नियमित वचतकर्ता झलक वहादुर बस्नेतलाई करुवा र सम्मान पत्रले सम्मान गरिएको थियो ।