२० लाख धरौटीमा सन्दीप लामिछानेलाई रिहा गर्न आदेश

काठमाडौं, २८ पुष । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै उनी भोलि रिहा हुने भएका छन् ।