काठमाडौँ,१७ पुस । हल्ट प्राइज एट आई.एम.एस. ले अन क्याम्पसको अन्तिम कार्यक्रमको लागि आवेदन फारम दर्ता गरेका इच्छुक सहभागीहरुलाई Challenge Briefing Session दिएको हो।
उक्त कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई मध्यनजरमा राख्दै अन क्याम्पसको आइडिया पिचिङ्ग कार्यक्रममा उनिहरुले कुनकुन क्षेत्रबाट आइडिया बनाउन सक्छन भन्ने कुरामा प्रकाश पारिएको हो।
यो कार्यक्रम आई.एम.एस. कलेजमा अध्ययनरत बि.बि.ए. संकायका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको थियो । यसपालीको शीर्षक फेसनसँग सम्बन्धित भएकोले गर्दा बिद्यार्थीहरुलाई Fashion Value Chain को मद्दतबाट यसको हरेक क्षेत्रमा भएका समस्याहरु समाधानका निमित्त पहल गर्न सकिने सम्भावित कदमहरुको बारेमा जानकारी दिईएको हो।
उत्त कार्यक्रमको सफल समापनपछि आयोजक समितिले विद्यार्थीहरुलाई कार्यक्रमको प्रभावकारीताको बारेमा प्रश्न गरेका थिए। जसमा विद्यार्थीहरुले कार्यक्रमको नाम जस्तै यसले उनीहरुमा यसपालिको हल्ट प्राइजको शीर्षकले औंल्याउन खोजेका चुनौतीहरुको बारेमा छर्लंग हुनुको साथ्-साथै यसले उनीहरुमा आत्मविश्वास र उत्प्रेरणा पनि बढाएको विद्यार्थीहरुको भनाई छ।