मुलकमा आर्थिक र सामाजिक उन्तिका लागि गठबन्धन अन्तहुन आवाश्यक .इस्वर पोख्रेल

धनकुटा
मुलकमा आर्थिक र सामाजिक उन्तिका लागि गठबन्धन अन्तहुन आवाश्यक रहेको नेकपा एमाले केन्द्रिय कमिटी बरिष्ठ उपाध्यक्ष ,पुर्व उपप्रधान तथा रक्षामन्त्री इस्वर पोख्रेलले बताउनु भयो ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित छिन्ताङ काण्डका शहिदपरिवार तथा विभिन्न व्यक्तित्व सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो ।

छिन्ताङमा २०३६ साल कार्तिक २७ गते तत्कालिन पञ्चायति शासकले घटाएको कुर घट्नाको स्मरण गर्नु हुदै पोख्रेलले नेकपा एमाले जहिल्य निरंकुश शासन व्यवस्थाको विरुद्ध र नेपालि जनताको आर्थिक समृद्धि र विकासको पक्षमा रहेको बताउनु भयो । पोख्रेलले अहिलेको गठबन्धन देश र जनताको हितमा नरहेको बताउदै अब देशलाई सहिढंगले अगाडि बढाउनका लागि नेकपा एमाले नयाँ किसिमले अगाडि बढ्ने छ , यो अभियानमा सबैले साथ दिनुपर्ने बताएकाछन् । कार्यक्रममा छिन्ताङ हत्याकाण्डका १६ जना सहिद मध्य ५ जना दलित समुदायका सहिद भएका थिए । ५ जना सहित १६ जना सहिद परिवारलाई सम्मान पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोहि अवसरमा विभिन्न व्यक्तित्वहरुलार्य सम्मान गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने , उपाधयक्ष तिकाराम चेम्जुङ , नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष उमेश विश्व कर्मा ,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रमणी पराजुली, पार्टी सचिव निरन राई , जिल्ला समन्व समिति धनकुटाका प्रमुख निरेन तामाङ सहदिभुमि गााउपालिका अध्यक्ष मनोज राई, मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विस्वकर्मा पौडेल लगायतको उपस्थिति थियो ।