काठमाडौँ,२ पुष | हल्ट प्राइज एट आइ.एम.एस. ले हल्ट प्राइज अन्तर्गतको पहिलो चरण अन क्याम्पस इभेन्टमा गरिने भनिएका विभिन्न कार्यक्रमहरुमध्ये आफ्नो पहिलो आउट – डोर कार्यक्रम फेब्रिक डोनेसनको सम्पूर्ण तयारि सकेको छ।
२०७९/०९/०१ गते विकेश अधिकारीको अध्यक्षतामा बसेको हल्ट प्राइज एट आइ.एम.एस.को मिटिङले फेब्रिक डोनेसनमा आवश्यक पर्ने तयारी, सामाग्रीहरु तथा यसमा लाग्ने खर्च लगायतका विवरणहरुको बारेमा छलफल गरि सम्पुर्ण तयारी भएको कुरा मिटिङमा उपस्थित, डेपुटी क्याम्पस डाइरेक्टर एलिना निरैलाले जानकारी दिनु भयो।
यस कार्यक्रममा आइ.एम.एस. कलेजसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका साथ-साथै अन्य इच्छुक व्यक्तिहरुले पनि सहभागिता जनाउन मिल्ने उहाँको भनाइ छ। कार्यक्रम यहि आउदो मंगलबार पौष ५ गते कलेज परिसरमा हुने आयोजकको भनाई छ।