४४ ओै सहिद स्मृति दिवस सहिदहरुकाे शालिकमा माल्यापर्ण सहिद परिवारलाई सम्मान गर्दै मनाइयो ,

1328

गठबन्धनमा लागेका धनकुटाका बामपन्थीहरुलाई छिन्ताङ्गका शहिदहरुका आफन्तहरुले हत्याराको आरोप लगाएका छन् ।
२०३६ सालमा तात्कालिन पञ्चायती शासकहरुद्वारा हत्या गरिएका खाल्सा क्षेत्रका सहिदहरुको सम्झनामा नेकपा एमाले सहिदभूमी गाउँ कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
हरेक बर्ष झैं मगलबार पनि जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुले सहिदहरुको सम्झनामा पन्चकन्याको सहिद पार्कमा कार्यक्रम गरेर उनीहरुको परिवारलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रम पछि सहिद परिवारका तर्फबाट सहिद हाङ्खिमा राईकी छोरा भलकमान राईले गठबन्धनमा जोडिएका धनकुटाका बामपन्थीहरु प्रति आक्रोश पोखेका थिए ।
राईले प्रतिनीधि सभाका उमेद्वार सुनिल बहादुर थापालाई प्रश्न गर्दै भने–‘३६ सालमा मतदाता मारेर अहिले उनैकै परिवारलाई भोट माग्ने ?’
थापाका बुवा स्व.सूर्यबहादुर थापाले अधिकारको माग गर्दा   छिन्ताङ्गका जनताको हत्या गरेकाले उनैको छोरा सुनिलबहादुर थापालाई धनकुटेली जनता संग भोट माग्ने कुनै अधिकार नभएको उनको भनाई थियो ।
थापा संगै गठबन्धनमा रहेका माओवादी र नेकपा(एकिकृत समाजवादी) लाई लक्षित गर्दै राईले भने–‘गाई काटेर बाघलाई खुवाउनेहरु पनि हत्यारा हुन् ।’ छिन्ताङ्ग क्षेत्रका जनता मार्ने थापाका छोरालाई सहयोग गर्ने धनकुटाका बामपन्थीहरु सबै हत्यारा रहेको राईको तर्क थियो ।
कार्यक्रममा एमालेका तर्फबाट प्रतिनिधि सभा  उमेद्वार राजेन्द्र कुमार राई,प्रदेश ‘क’ का उमेद्वार निरन राई र एमालेकी केन्द्रिय सदस्य सकुन्तला बस्नेत  समानुपातिक  उम्मेदवार तारा तितुङ मनकुमारी लगायतले सहिदहरुकाे शालिकमा माल्यार्पण र सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


एमाले सहिदभूमी गाउँपालिका उपाध्यक्ष मातृका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त स्मृति सभामा पाटिका केन्द्रिय सल्लाहाकार परिषद सदस्य गोपाल गुरागाई,प्रदेश कमिटी सदस्यहरु उज्ज्वल किराती र सिमा राई,जिल्ला उपसचिव सुष्मा किरातीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला  प्रचार बिभाग प्रमुख सावित्रा राई लगाएत सहिदभूमी गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई, धनकुटा नगरपालिकाका उपमेयर भीमादेवी खनाल अतिथीका रुपमा उपस्थिति रहेको थिए ।
छिन्ताङ्गका सहिदहरुको सम्झनामा हरेक बर्ष नेकपा माओवादी र नेकपा एमालले पन्चकन्या पार्कमा छुट्टाछुट्टै कार्यक्रम गर्दै आएको छ ।
२०३६ सालका भोकमरी बिरुद्ध किसानहरुले गरेको आन्दोलनमा तात्कालिन पन्चायती ब्यबस्थामा स्व.सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला  आखिसल्ला  खोकू आखिसल्ला र छिन्ताङ्गका १६ जनाको बिभत्स हत्या गरिएको थियो ।
सो समयमा गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहा, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, केशरबहादुर राई, लाखमान साधु राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखिमा साइँली (श्रीमाया राई), झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई र गम्भीरमान दर्जीको हत्या भएको थियो

Previous articleरोल्पाको सुरक्षा व्यवस्था चुस्त
Next articleप्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

Leave a Reply