स्वयम्भूको जंगलमा बालिका बलात्कृत

273

काठमाडौं, २६ कात्तिक | काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् ।

उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleडडेलधुरामा चितुवा मृत फेला
Next articleअखिल क्रान्तिकारीहरु द्वारा निर्वाचन बहिष्कार विरोध जुलुस र कोण सभा सम्पन्न

Leave a Reply