जिल्ला निर्वाचन कार्यलय धनकुटाले नमुना मतदान कार्यक्रम आयाेजना

आसन्न मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मतको संख्या घटाउने उद्धेश्यले जिल्ला निर्वाचन कार्यालय धनकुटाले साेमबार  धनकुटा सदरमुकाममा नमुना मतदानको आयोजना गरेको छ ।

मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको संख्या न्युनीकरण गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय  धनकुटाले जनाएको छ ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा १ लाख १६ हजार ९ सय ९१ जम्मा मतदाता रहेकाछन् भने  एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा मत बदर कम गर्न मतदाता शिक्षालाई समेत जोड दिइएको जिल्ला निर्वाचन अधिकृत जयराज श्रेष्ठले जानकारी दिनु भयो ।