धनकुटा,
नेकपा एमाले महालक्ष्मी नगरपालिकाकाे वडा नं ३ र ४ मा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो अभियानमा सहभागी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज एबम् प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , जिल्ला पार्टी अध्यक्ष एबम प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार ईन्द्रमणी पराजुलीकाे टाेलिले आम नागरिक मतदाता तथा कार्यकर्ता संग भेटघाट छलफल गर्दै विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

कार्यकर्ता भेटघाट तथा घरदैलोमा एमालेको सरकारको पालामा थुप्रै विकासका काम भएको स्मरण गराउर्दै फेरिपनि एमालेको सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
एमालेको सरकार हुँदा सुरुवात गरिएका विकासका कामहरूलाई पुर्णता दिनका लागी एमालेका उम्मेदवारले जित हासिल गर्नुपर्ने उम्मेदवारहरुकाे भनाइ छ । शिक्षा, स्वास्थ्य, कृषि सिचाइ, खानेपानी, सडक यातायात, संचार, विधुत, खेलकुद लगायतका क्षेत्रमा यसअघि पनि आफूले महत्त्वपूर्ण कामको सुरुवात गरेको भन्दै अधुरा कामहरूलाई परिपूर्ति गर्न एमालेलाई जनताले मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जिल्लाका सहईन्चार्ज सकुन्तला बस्नेत , प्रदेश कमिटी सदस्य बल्दिप राई , शन्देस विहानि , केन्द्रीय सल्लाहकार परिषद सदस्य गाेपाल गुरागाई , नगरका निर्वाचन परिचालन कमिटी संयाेजक पर्शुराम नेपाल ,नगर कमिटी अध्यक्ष किरन गिरि लगाएत एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।