महालक्ष्मी नगरपालिकाकाे विभिन्न वडामा पुगेर नेकपा एमाले पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , प्रदेश निर्वाचन क्षेत्र नं २ का प्रदेश सभा उम्मेदवार ईन्द्रमणि पराजुलीकाे टाेलिले आम मतदाता र कार्यकर्तालाई संग भेटघाट कार्यक्रम चलिरहेको छ ।
नगरकाे विभिन्न वडाका टाेल टाेलमा पुग्ने क्रममा प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र कुमार राई , प्रदेश निर्वाचन क्षेत्र नं २ का उम्मेदवार ईन्द्रमणि पराजुलीले अघिल्ला कार्यकालमा भए गरेका कामहरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवश्यक छन् भन्ने सम्बन्धमा अन्तरकृया कार्यकर्ता र आम मतदाता सँग छलफल गरेका छन्।
कार्यकर्ता तथा जनताहरुले सडककाे स्तराेन्नतिका मागहरूलाई जाेडदार रुपमा उठाएका छन् । कृषि , शिक्षा ,स्वास्थ लगायतका क्षेत्रमा पनि विभिन्न मागहरू राखेका छन् ।
उम्मेदवारहरु राजेन्द्र कुमार राई र ईन्द्रमणी पराजुलीले जनताको माग सडक बाटोलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने घाेषणा गर्नु भएको छ । साेहि अवसरमा युद्वस्तरमा एमाले पार्टीको बहुमत ल्याउने हिसाबले अगाडि बढ्न आग्रह गरेकाछन् ।