धनकुटा ,
नेकपा एमाले पार्टी पाख्रीबास वडा नं ७ र ८ मा वडा स्तरीय भेला सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने आसन्न संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन का लागि पार्टीका तर्फबाठ निर्वाचन क्षेत्र नं २ का प्रत्येक्ष उम्मेदवार ईन्द्रमणी पराजुली र समानुपातिक उम्मेदवार शिव आङ्ला लिम्बूकाे उपस्थितिमा ७ र ८ का जनता संग पार्टीको नीति सिद्धान्त , पार्टीले अघि सारेका विकास निर्माणका काम तथा आगामी याेजनाकाे विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियोे ।

वडा नं ७ काे काङ्ग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश
यस्तै प्रत्यक्ष उम्मेदवार ईन्द्रमणी पराजुलीले स्थानीय तहकाे निर्वाचनमा केही प्राविधिक गडबडीका कारण केही वडा गुमाए पनि अबको निर्वाचनमा राष्ट्र र राष्ट्रियताको लागि प्रदेश र संघकाे चुनावमा एमालेलाई जिताउनु पर्नेमा जाेड दिनु भयो ।
श्रमजीवी गरिबी असाय अशक्त महिला दलित वर्गकाे उत्थानकाे पक्षमा उभिने र शिक्षा , स्वास्थ्य , खानेपानी , सडक ,सिचाइ , आर्थिक र भाैतिक पुर्वाधारकाे क्षेत्रमा रहेको समस्या समाधान हुने गरि काम गर्ने प्रतिवद्वता जनाउँदै सुर्य चिन्हमा मतदान गरेर विजयी गराउन आवह्वान गर्नु भयाे ।

निर्वाचनमा जित हासिल गर्नका लागि सम्पुर्ण पार्टी पङ्ति लाग्नुपर्ने भेलाका वक्ताहरुले धारणा राख्नुभएको थियो ।