कुनै पनि कर्म बिनाको कार्य हुदैन।

साच्चै भन्नू पर्दा मानव जीवन भनेको एक राक्षसी जात हो । किनकी मानव जीवन लोभी भाको कारण भगवानले पापी जेल्या छुल्या पेल्या स्वार्थी घमण्डी स्वार्थी बनाई दियो । त्यसैले हाम्रो हातको औला जसरी बराबरी छैनन त्यसरी नै मानव जीवनले सोचेको कहिल्यै पुग्दैनन। सत्य युगमा निर्जिब बस्तुहरु समेत बोल्थ्यो भने भगवान किन बोल्दैन थियो होला र ? भगवान पनि बोल्नु हुन्थ्यो।हामीले मागेको चिज दिनु हुन्थ्यो।जुन दिन हामीले भगवानले दिएको चिजलाई लोभ गरियो त्यै दिन देखि मानवको जातलाई दु:खै दु:ख लेखी दिएको छ।

मानव जीबनलाई जस्तो दु:ख कुनै जातलाई पनि हुदैन किनकी आफै सिपालु भगवानको अगाडि समेत सिपालु बने पछि आखिर भगवानले नै दु:खको भुमारीमा पारेको हो। हामीले जस्तै म यस्तो गर्छु उस्तो गर्छु म फलानोलाई भेट्छु मनको तिर्सना मेट्छु भनेर मनले आटिन्छ तर त्यो कहिल्यै सफल भई हाल्दैन । जुन दिन भेट्न लेखिएको छ । जन्मिदा भाविले लेखेको अनुसार चाहिँ सबै मेटाउनु पर्ने हुन्छ ।

त्यसैले कुनै पनि कर्म बिनाको कार्य हुदैन। जो कोहि पनि रहरले धनी भाको होईनन। रहरले भिखारी भाको होईनन यद्यपि कसैलाई त्यस्तो भन्न पनि मिल्दैन। त्यो त हिजो जन्मिदा छैटौ दिनमा भाविले लेखेको लेखन्त अनुसार भाको हो । उहिलेको कुरा त खुईल्यो नभन्नुस उहिलेको कुरालाई पनि प्राथमिक्त दिदै जानुहोस हजुरहरुको हरेक कार्य सफल हुँदै जाने छन।(जय मानवतावाद✊✊)