“जननेता मदन भण्डारी ” गीतको भिडियो सार्बजनिक

काठमाडौँ,९ असोज | “जननेता मदन भण्डारी ” नामक गीतको भिडियो सार्बजनिक गरिएको छ |राष्ट्रिय नाचघर जमलमा एक औपचारिक कार्यक्रम गरी भिडियो सार्बजनिक गरिएको हो | गीत स्व. मदन भण्डारीको जीवनमा आधारित रहेको छ |

गीतकार बुद्धिमान परियारको शब्दमा शिवराज गौतमको संगीत तथा सिसिर योगी र कोमल ओलीको स्वर रहेको छ |त्यसै गरी भिडियो निर्देशकका रुपमा शिवराज गौतम र जस बहादुर याक्खा रहेको छ | कार्यक्रममा प्रमुख अथितिको रुपमा पुर्व पर्यटन मन्त्रि योगेश भट्टराई रहेको थियो |