काठमाडौँ,७ असोज | “फेसन सो द सोसियोलोजिकल भोग: २०२२ डि रोए” हुने भएको छ | डि रोए इभेन्ट म्यानेजमेन्ट प्रा. लि. ले नेपालको सामाजिक अवस्था र परिस्थतिलाई ध्यानमा राखी नेपाली जनताको सामाजिक स्थिति, पहिरन, भेष भुषा चित्रण गर्ने उद्देश्यले “फेसन सो द सोसियोलोजिकल भोग: २०२२ डि रोए ” आयोजना गर्न लागेको हो ।
कार्यक्रमको विशेष उद्देश्य भनेको एसिड आक्रमणबाट बचेकाहरू, विशेष रूपमा सक्षम व्यक्तिहरू, र युवा पेशावर मोडेलहरूलाई उनीहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने अवसर प्रदान गरेर सशक्त बनाउनु रहेको आयोजक टिमले जानकारी दिए । साथै एसिड आक्रमणबाट बचेका र विशेष रूपमा सक्षम व्यक्तिहरूलाई उनीहरूको सीप, क्षमता र ज्ञानको आधारमा विभिन्न कम्पनी र संस्थाहरूमा प्लेसमेन्टहरू सिर्जना गर्न सहयोग गर्नु रहेको बताए ।
कार्यक्रममा तीन फेसन सिक्वेन्स जसमा प्रशान्त ताम्राकार र मुस्कान खातुन क्रमश: पुरुष र विशेष सक्षम फेसन सिक्वेन्सका लागि शो स्टपर हुनेछन् भने गायिका रेखा शाह, गायक प्रकाश सपुत र गिरीश खतिवडा तथा कलाकार सृष्टि केसी को समेत प्रस्तुती रहने छ । कार्यक्रम असोज १३ गते काठमाण्डौको दरबारमार्ग स्थित होटल याक एण्ड यति” मा हुनेछ ।