धनकुटा ,
पाख्रीबास नगरपालिका वडा नं ९ मा रहेको लिसुम्बु कृषि सहकारी संस्थाको १० ओै साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको १० साधारण सभा बाट बलेन्द्र ठाडाकाे अध्यक्षतामा सात सदस्य नयाँ सञ्चालक समिति गठन गरिएको छ । उपाध्यक्ष मा भरत घिसिङ ,सचिव मजेन्द्र घिसिङ ,सदस्यहरुमा बासुदेव घिसिङ ,निर्मला मस्र्याङ्गी ,मनमाया माेक्तान , धन माया ठाडा रहेकाछन् । यस्तै सहकारीकाे लेखा समिति संयाेजकमा गणेश मस्र्याङ्गी र सदस्य विवराज घिसिङ रहेकाछन् । यस्तै ऋण समिति संयोजकमा मंगलसिह घिसिङ , ज्ञान बहादुर घिसिङ र बाग्मति घिसिङ रहेकाछन् ।
त्यस्तै गरि सहकारीकाे सल्लाहकार मा बलराम घिसिङ ,खेमराज घिसिङ ,रुद्र मस्र्याङ्गी र सुब्लाल घिसिङ चयन गरिएकाे सचिव मजेन्द्र घिसिङले जानकारी दिनु भएको छ । सहकारीको आर्थिक वर्ष २०७७/७८ काे आम्दानी ७४ लाख ३९ हजार ५ सय रहेको छ भने खर्च तर्फ ७६ लाख ३९ हजार २४ रुपैयाँ रहेको छ ।