अखिल नेपाल विद्यार्थी यूनियन (क्रान्तिकारी) द्वारा मङ्सिर ४ गते हुन गईरहेको संसदीय निर्वाचन बहिस्कार गर्न अपिल

काठमाडौँ, २१ भदौ | अखिल नेपाल विद्यार्थी यूनियन (क्रान्तिकारी) द्वारा मङ्सिर ४ गते हुन गईरहेको संसदीय निर्वाचन बहिस्कार गर्न सबै जनतालाई अपिल गरेको छ |

शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहेको , प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभागीय मन्त्रीहरुबाटै माफियाहरुको संरक्षण र नेतृत्व भइरहेको, त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरु र मातहतका कलेजहरुमा भ्रष्टाचार,बेथिति रहेको, त्रिभुवन विश्वविद्यालय राजनीतिक पार्टीहरुको क्रिडास्थल बनेकाले विद्यार्थीको पठनपाठन लगायत समग्र गतिविधि समेत तहस-नहस हुन पुगेको, शैक्षिक परामर्श केन्द्रमार्फत् विद्यार्थीहरुलाई बाहिर पठाउने बहानामा ठगी धन्दा सञ्चालन गरी रहेको, जनता रोग, भोक, अभाव र महँगीबाट ग्रसित भएको बेला इन्धनलगायतमा मूल्यवृद्धि गरी झन् जनताको ढाड सेक्ने काम गरेको लगायत विभिन्न कारणहरु खुलाउदै मङ्सिर ४ मा हुन गईरहेको संसदीय निर्वाचन बहिस्कार गर्न सबै लाई आग्रह गरेको हो

मोहन बैद्य किरण निकट नेकपा माओवादी (क्रान्तिकारी )ले स्थानीय निर्वाचन पनि बहिस्कार गरेको थियो |