भदौ २०
आगामी मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्धवार सिफारिस गर्दा नेपाली कांग्रेस धनकुटा प्रदेश सभा ख का सभापतिले सहमति नजुटाइ मनोमानी ढंगले उम्मेद्धवार सिफारिस गरेको भन्दै नोपाली काग्रेश धनकुटाका नेताहरु आक्रोसीत भएका छन ।
उनीहरुले सके सम्म सर्वसहमति र नसके बहुमतको आधारमा गर्नु पर्ने नीति भए पनि प्रदेश सभा ख का सभापति राजन पौडेलले एकलौटी गरेको भन्दै विज्ञप्ती मार्फत असहमती जनाएका हुन ।
निवर्तमान धनकुटा जिल्लाका सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्य महेन्द्र निरौला, महाधिवेसन प्रतिनिधि खेमराज पौडेल, कांग्रेस नेता तिलक महत, प्रदेश सभा ख धनकुटाका उपसभापतिद्वय भिमबहादुर खड्का , चन्द्र लिम्बु , प्रदेश सभा ख सहसचिव मणीराज लिम्बु र नेपाल विद्यार्थी संघ धनकुटा सभापति बालानन्द दाहालले विज्ञप्ती जारी गर्दै प्रदेश ख का सभापतिले गलत गरेको भन्दै नेता कार्यकर्तालाई सजक रहन अपिल गरेका छन् ।
उनिहरुले कांग्रेस पाटीमा योगदान गरेका नेता कार्यकर्ताको मान मर्दन भएको समेत ठहर गर्दै विज्ञप्ती जारी गरेको बताएका छन् ।
त्यस्तै गरि काङ्ग्रेस भित्र यश अघि प्रतिनिधि सभाका लागि एकल सुनिल बहादुर थापालाई सिफारिस गरेपछि पुराना नेताहरूले असन्तुष्टि जनाएकाछन् ।