भदौ २०
धनकुटामा नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य सुरेन्द्र पौडेल सहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन । माधवकुमार नेपालले एमाले फुटाएर नेकपा एस गठन गर्दा त्यतै गएका पौडेल , निवर्तमान वडा अध्यक्ष सोवित निरौला , सावित्रा घिमिरे , जिल्ला सदस्य वेदबहादुर बस्नेत , तेजबहादुर थापा सहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किएको नेकपा एमाले जिल्ला कमिटी धनकुटाले जानकारी दिएको छ ।
धनकुटामा आज नेकपा एमालेको पार्टी कार्यलयमा एक कार्यक्रमका बिच उनिहरुलाई पार्टीका जिल्ला इन्र्चाज राजेन्द्र कुमार राई , सह इन्र्चाज शकुन्तला बस्नेत , जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली ,उपाध्यक्ष चिन्तन तामाङ सहितका नेताहरुले अविर र खदा लगाएर पार्टीमा स्वागत गरेकाछन् ।
नेता पौडेल यसअघि नेकपा एमालेको जिल्ला कमिटी सचिवसमेत भइसकेका थिए ।पौडेल सहित ५८ जना नेता कार्यकर्ता नेकपा एस छोडेर एमालेमा फर्किएकाछन् ।