एमाले धनकुटा निर्वाचन क्षेत्र नं क बाट ८ जना प्रदेश सभा उम्मेदवारीको नाम सिफारिस

भदौ १९ ,
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले धनकुटाको प्रदेश निर्वाच क्षेत्र नं (क)  बाट प्रत्यक्ष तर्फ ८  जना उम्मेदवारको नाम सिफारिस भएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटा (क ) को आज बसेको  बैठकले आगामी मंसिर ४ गते का लागि तोकिएको आसन्न प्रदेश सभा निर्वाचनका लागि सर्वसम्मत प्रत्यक्ष  सिफारिस गरिएको प्रदेश निर्वाच क्षेत्र समन्वय कमिटी धनकुटा  प्रदेश निर्वाचन नं (क) बाट प्रत्यक्ष तर्फ ८ जना उम्मेदवार नाम सर्वसम्मत सिफारिस गरिएको प्रदेश निर्वाच क्षेत्र समन्वय कमिटी धनकुटाका (क) संयोजक निरन तामाङले जानकारी दिनु भयो । नाम सिफारिस गरिएकाहरुमा पार्टीका प्रदेश उपाध्यक्ष तथा संविधानसभा सदस्य टिका राम चेम्जोङ, प्रदेश सांसद तथा जिल्ला सचिव निरन राई, प्रदेश सांसद बिनादेवि राई, पार्टीका सचिवालय सदस्य उमेश घिमिरे, खजिन्द्र राई ,सोभिष चेम्जोङ, मनोज रायमाझी र राजेन्द्र खड्का रहेकाछन् ।