दोलखा, १७ भदौ | जिरी नगरपालिकामा भुमि आयोग नगर समिति गठन गरेको छ | नगरपालिका अध्यक्ष मित्र बहादुर जिरेलको अध्यक्षतामा बसेको बैठकले आयोग समितिको गठन गरेको हो | समितिमा संयोजकको रुपमा नगर प्रमुख मित्रर बहादुर जिरेल रहेको छ भने उपसंयोजकमा नगर उपप्रमुख कृष्ण माया बुढाथोकी रहेको छ |
सदस्यहरुमा केशव कुमार कार्की (नेकपा एमाले ),शोनाम शेर्पा (नेपाली कांग्रेस ),कर्म शेर्पा (माओवादी केन्द्र ),मोहन बहादुर खड्का (नेकपा ए.समाजवादी ), मन बहादुर सुनुवार (जसपा ),किरण खड्का (राप्रपा) रहेको छ |
कार्यपालिका सदस्य बाट दलित अल्पसंख्यक र एक जना महिला रहने गरी २ जना सदस्य भने पछि थप्ने गरी बैठक सम्पन्न भएको छ |