धनकुटा ,
सहिदभुमि गाउँपालिका धनकुटाले महिलाहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिता आयाेजना गर्ने भएको छ ।
गाउँपालिकाले उक्त तीजको अवसरमा हुनगईरहेकाे नृत्य प्रतियोगितामा २० वर्ष माथिकामहिला दिदिबहिनीकाे सहभागीता रहने जनाएको छ ।
खुल्ला एकल महिला नृत्य प्रतियोगितामा सहभागी हुन चाहानेले भदौ ८ गते भित्र महिला तथा बालबालिका शाखामा आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।