अर्जुन खड्कासँगै सञ्जय लामा “हुन्त्ता” को निर्देशन रहेको यो तामाङ्ग भाषाको चलचित्र आगामी भदौ 11 गते शनिबार बिहान 8:30 बजे मकवानपुर हेटौडाको ओम्यास्क सिनेमा हलमा प्रदर्शन हुदैछ | यो चलचित्र मकवानपुर तामाङ्ग कलाकार संघको आयोजनामा प्रदर्शन हुने भएको हो|
कोरोना महामारीपछि नाचघरमा प्रदर्शन भएको तामाङ्ग भाषाको चलचित्र मध्ये यो दोस्रो चलचित्र हो | ‘दार्बुङ’ चलचित्र प्रदर्शन अगाडी तामाङ्ग भासको चलचित्र काख्रे प्रदर्शन भएको थियो | दर्शकहरुको रोजाइमा परेको यो ‘दार्बुङ’ चलचित्र सामाजिक परिवेश संगै जोडिएको छ, स्व:जयनन्दा लामाको पनि यो नै अन्तिम चलचित्र हो कि भन्ने अनुमान पनि छ, चलचित्रमा एउटा अपाङ्ग जसले समाजबाट अपहेलन पाउनु त्यस्तै एउटी नारीले समाजभित्रको हरेक समस्याहरु भोग्नु परेको बिसेष त् विभेदीकारण समाजको चित्रणमा उतारिएको यो कथाबस्तु मौलिक चलचित्र हो भन्न सकिन्छ |यस चलचित्रलाई मकवानपुरले कतिको रुचाउँ सकिन्छ त्यो भने प्रदर्शन पछिको प्रतिक्रियामा कुर्ने पर्ने हुन्छ |
मान बहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, राम तामाङ, सुनमाया तामाङ सीर्जना गोले, डोल्मो ह्योल्मो, पेमा योञ्जन तामाङ, दिपेश लामा, रुदेन माझी, हरिन माझी ,क्रीष्टल मगर, मायादेवी मोक्तान, भुईसाल लामा, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तान लगायतका कलाकारहरुको शसक्भित अभिनय यस चलचित्रमा देख्न सकिन्छ |