निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षाको नयाँ भर्ना

दाेलखाकाे शैलुङ गाउँपालिका वडा नं ८ भैसेकाे सारादा माविमा पूर्ण छात्रवृत्ति सहित प्राविधिक शिक्षामा भर्ना खुलेको छ। विद्यालयले ३ वर्षे बाली विज्ञान र १८ महिने पशुविज्ञान केही बर्ष देखि पढाउदै आएको छ ।

आइतबारको बैठकले विद्यालयका व्यवस्थापन समितीको अध्यक्षमा कमल श्रेष्ठ(ज्योती)लाई चयन गरेको थियो ।अध्यक्ष श्रेष्ठले प्राविधिक तथा स्वराेजगारमूलक शिक्षा जनशक्ति उत्पादनका लागि सबै निशुल्क हुने गरि नयाँ व्यवस्थापन समिति गठन भएकै दिन विद्यालयमा पढाइ हुँदै आएकाे प्राविधिक शिक्षाकाे खर्च सहयाेगीबाट दान संकलन गरेरै भए पनि विद्यार्थीसँग कुनै शुल्क नलिने निर्णय भएको जानकारी गराउनु भएको छ ।विद्यालयले शैक्षिक वर्ष २०७९ मा भर्ना हुने विद्यार्थीलाई निशुल्क छात्रावासको समेत ब्यबस्था रहेको सूचनामा प्रकाशित गरेको छ।

अघिल्लो बर्ष विद्यालयले प्रति विद्यार्थी ३ वर्षे बाली विज्ञान काेर्षकाे १ लाख १० हजार र १८ महिने पशु विज्ञान (भेटेरीनरी)को ३० हजार तिर्नु पर्ने व्यवस्था थियो।बिद्यालयले विषयको लागि सिमित ४०/४० जनाको कोटा सहित भदौ ९ गते अन्तिम भर्ना मिति तोकिएको छ ।