अखिल नेपाल आदिबासी जनजाती मह संघले २८ औ बिश्व आदिबासी दिवस भब्य रुपमा मनाइदै |

श्रावण काठमाण्डौ २२\ अखिल नेपाल आदिबासी जनजाती मह संघले २८ औ बिश्व आदिबासी दिवस अगष्ट ९ श्रावण २४ गते  काठमाण्डौको राष्ट्रिय सभामा बिभिन्न झाकी सहित मनाउन गैरहेको छ l
आत्मनिर्णयको अधिकार र जातिय क्षेत्रीय स्वसासन सहितको संघीयता स्थापना गरौं !! भन्ने मुल नाराका साथ अखिल नेपाल महासघंले यो दिवस आदिबासी पर्वको रुमा मानौं थालिएको हो l अखिल नेपाल आदिवासी जनजाति महासघंको केन्द्रिय अध्यक्ष डा. ओम गुरुङको अध्यक्षतामा श्रावण २१  काठमाडौंमा बसेको ‘२८औं विश्व आदिवासी दिवस’ तयारी बैठकले दसवर्षे जनयुद्ध लगायत विभिन्न जनआन्दोलनका क्रममा पनि उत्पीडित जाती तथा वर्गको हक अधिकार सुनिश्चित हुन नसकेको निस्कर्स सहित उत्सवको रुपमा मनाइने  बताउनु भयो l यो विश्व आदिवासी दिवस एउटा दिवसको रुपमा मात्र नभएर बर्गीय, क्षेत्रिय, सास्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनकै रुपमा र उत्पीडित बर्गको आन्दोलनको रुपमा मनाउना लागेको बताए l
महासघंले यस वर्षको विश्व आदिवासी दिवस श्रावण २४ गते दिनको १२ बजे बसन्तपुर, न्युरोडबाट विभिन्न झाँकी, सास्कृतिक, धार्मिक, पहिचान र भेषभुसामा मुक्रातिकामी नारा सहितको झाकिले याली गरेर राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा पुगि भब्य समारोह गरेर मनाउने तयारी गरेको छ।
प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का महासचिव क. मोहन बैध्य (किरण ) को उपस्थिति हुने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक गायन तथा नृत्य एवं जनगायक तथा जनकलाकारहरुको बेजोड प्रस्तुति पनि रहनेछ  साथै सम्पूर्ण आदिबासी जनजाती समुदाय लगायत गैर समुदायमा हार्दिक निमन्त्रण पनि गरेको छ |