अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्काे ठाउँ छैन, जसरी पनि उपचार गर्नुपर्छ : मन्त्री खापुङ

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सरकारी बिरअस्पतालमा आएका बिरामीलाई उपचार नगरि फिर्ता गर्न नहुने बताए।

अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज बिहीवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताउनुभयो हो । ‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने बिरामीको रोग संग लड्न सक्ने उच्चामनोबल घट्न सक्नेछ भन्दै  ‘वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।’

उहाँले सरकारी अस्पताल प्रति नागरिकको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राख्दै अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री खापुङले अस्पतालले अहिलेसम्म स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै भविष्यमा पनि अझ सशक्त ढङ्गले स्वास्थ्योपचार लगायतका सेवा पुर्‍याउनुपर्ने बताउनुभयो ।