गायक, सङ्गितकार तथा स्याक्सोफोनिष्ट शिव राज गौतमलाई नागरिक समाज र नागरिक कृयसन द्वारा सम्मान

काठमाडौँ , ५ साउन | बिगत १५ वर्ष देखि नेपाली गीत सङ्गीत, बाध्यबादन र सामाजिक सेवामा अमुल्य योगदान पुर्याउदै आएका  गायक, सङ्गितकार तथा स्याक्सोफोनिष्ट शिव राज गौतम लाई नागरिक समाज र नागरिक कृयसन दुई सस्थाले संयुक्त रुपमा सम्मान गरेको छ |

करिब दुई दर्जन गीतहरुमा सङ्गीत गरिसकेका,एक दर्जन गीतमा स्वर भर्नु भएका र करिब ५०० वटा स्टेज सोहरुमा आफ्नो प्रस्तुति गरि सकेका उनले  करिब ३५०  गीतहरुमा स्याक्सोफोन बजाइ सक्नु भएको छ | साथै  गौतमले स्याक्सोफोन बजाएको गीतहरुमा ” भेटेरै सुन्नु छ” गायिका दुर्गा खरेल गाएको गीत र फिल्म जात्रै जात्रको टाइटल गीत जीवन जात्रा हो नामक गीत सुपर हिट गीतहरु हुन |

२०७५ सालको नव गायक राष्ट्रिय सङ्गीत कर्मी अवार्ड जितेका उनले विभिन्न समय विभिन्न संघ सस्थाले राष्ट्रिय सम्मान समेत गरि सकेको छ  | उहाको नेपाली गीतसङ्गीत , सामाजिक सेवा र विभिन्न सङ्घ सस्था पुर्याउनु भएको कार्यको उच्च मुल्यांकन गरि  सस्थाले सम्मान सस्थाका अध्यक्ष याम जि सि ले बताउनु भयो |

कार्यक्रमको  अध्यक्षता  याम जि सि ले गर्नु भएको थियो भने  कार्यक्रम सम्योजक सुमन श्री पौडेल ले गर्नु भएको थियो |  कार्यक्रम नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गको प्रमुख अथिति  र वरिष्ठ सिनेकलाकार तथा गायक मुरली धरको  विशेष आतिथ्यमा सम्पन्न  भएको थियो ।