घाँस काट्ने क्रममा लडेर पूर्ण कुमार मगरको मृत्यु

असार २७, धनकुटाको चौबिसे गाउपालिकाको वडा नं १ सानो मोक्तरामा घाँस काट्ने क्रममा लडेर पूर्ण कुमार मगरको मृत्यु भएको छ ।

गााउपालिकाको मोक्तरा बस्ने रामलाल मगरको छोरा वर्ष ५१ को पूर्ण कुमार मगर हिजो आइताबार आफ्नै मकै बारीमा घाँस काट्ने क्रममा लडेर घोप्टो परेर मृत्यु भएको इलाका प्रहरी कार्यलय बुधबारेले जानकारी दिएको छ ।

प्रहरीलाई घट्नाको खबर प्राप्त हुन साथ तत्काल घट्ना स्थलबाट मृतक मगरको लास कानुनी प्रक्रिया पुरा गरेर पोष्मार्टमका लागि धरान घोपामा राखिएको जिल्ला प्रहरी कार्यलय धनकुटाको सुचना शाखाले जनाएको छ । घट्ना बारे थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।