असार २७ ,
धनकुटा नगरपालिका वडा नं ८ साङताङमा रहेको देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई)लाई छात्रा माथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक राई विरुद्ध आईतावार जिल्ला प्रहरी कार्यलय धनकुटामा पिडित छात्राहरु र उनका अभिभावकहरुले यौन दुव्यवहार भएको भन्दै कार्वाहीको माग राख्दै उजुरी दिएका थिए ।
राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० कक्षामा अध्ययनरत ८ बालबालिकामाथि यौन दुव्र्यवहार गरेको प्रहरीमा उजुरी परेको छ । असार २१ गते मंगलबार विद्यार्थी माथि यौन दुव्यवहार गरेको घटना पछि शिक्षक राई फरार रहेका थिए ।
आइताबार उजुरी दर्ता भएसँगै प्रहरीले राति ९ बजे विद्यालय बाटै विद्यार्थीहरुको सहयोगमा पक्राउ गरिएको हो । फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजना वद्ध ढंगले बोलाएर छात्रछात्रा र अभिभावकहरुले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनु भयो ।
धनकुटाको सहिदभूमि गाउपालिका वडा नं ३ कुङलाङ घर भएका ४० वर्षिय राई २०६५ सालदेखि उक्त विद्यालयमा राहात दरबन्दीमा पढाउदै आएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकुमार आठपहरियाले जानकारी दिनुभयो । राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरुलाई मैया भनेर जिस्कयाउने ,ब्राको डोरी तान्ने , संवेदनशील अंगमा छुने ,गालमा चिमोट्ने ,कम्मरमा समातेर आफुतिर तान्ने अशलील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
पिडित बालबालिकाले यसअघि प्रधानध्यापक यमबहादुर बस्नेत तथा अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई घटनाबारे निवेदन बुझाउदा दुइ पटक च्यातेर फ्याकी दिएको पिडित बालीकाहरुले बताएकाछन् । निवेदन च्यात्ने प्रधानाध्यपक अहिले फरार रहेकाछन् । घटनाबारे गहिरो अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताएकाछन् । बाल यौन दुरुपयोग मुद्धामा राईविरुद्ध प्रक्रिया अघि बढाइने उहाले जानकारी दिनु भयो ।मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २२५ अन्तरगत कसुरमा अदालत समक्ष मुद्धा अघि बढाइने प्रवक्ता दाहालले बताउनु भयो । यस्तै गरी विद्यार्थी ,अभिभावकहरुले यौन दुव्यवहार भएको भन्दै बालबालिकाले बुभmाएको निवेदन वेवास्ता गर्ने प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई पनि दह्रो कार्वाहीको माग गरेकाछन्