सामाजिक सुरक्षा भत्ता सम्बन्धि शैलुङ गाउँ पालिका ५ न. वडाले निकाल्यो जरुरी सूचना

शैलुङ,असार २६ |सामाजिक सुरक्षा भत्ता सम्बन्धि शैलुङ गाउँ पालिका ५ न. वडाले सूचना जारी गरेको छ |

नेपाल सरकारको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता को निमित्त शैलुंग गाउपालिका ५ नं वडा स्थायी बसोबास गर्नु हुने २०७९ अषाढ मसान्त सम्म ६८ बर्ष पुरा हुनु भएका सम्पूर्ण नागरिक हरुको दरखास्त संकलन , प्रविष्ट र प्रमाणीकरण कार्य तथा सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण यहि मिति २०७९ श्रावण १ गते देखि १५ गते सम्म गर्न लागिएकोले सबै लाई आबश्यक कागज पत्र सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ |

आवश्यक कागजपत्रहरु

१) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि

२) हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति

३) तिन पुस्ते विवरण खुल्ने कागजपत्र

४) निवेदक को सम्पर्क फोन नम्बर