धनकुटा, असार २३ | सहिदभूमि गाउपालिका धनकुटाले किसानलाई २९ लाख ६७ हजार बराबरको फफूलको विरुवा सहित विभिन्न सामाग्री वितरण गरेको छ ।
गाउपालिकाको आर्थिक वर्ष २०७८ ।७९ का लागि संघ सरकारबाट प्राप्त सर्सत बजेट मार्फत २९ लाख ६७ हजार बराबरको ३५ वटा कृषि समुहहरुलाई फलफूलका विरुवा , पाइप, हिल ट्याङकी ,भर्याङ लगायतका सामाग्री खरिद गरेर वितरण गरिएको गाउपालिकाको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनु भयो ।

वितरण कृषि सामाग्रीहरुमा ५ सय लिटरको १ सय २ थान हिल ट्याङकी , २५ एमएमको १८ हजार मिटर सिचाईका लागि पाईप ,फलफूल टिपने भर्याङ आलमुनियमको ३८ थान , आपको विरुवा आम्रपाली र माल्डा ८ सय वोट ,लिचि ३ सय , एभोकाड २५ सय वोट , सुन्तला ग्राफ्टीङ ९ हजार र कागतीको विरुवा ८ हजार वितरण गरिएको छ ।


गााउपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रशाससकीय प्रमुख लोचन प्रसाद दाहाल , कृषि शाखाका कर्मचारी लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा वितरण गरिएको थियो । गाँउपालिकाले फलफूल तथा नगदे बाली विस्तार गरी व्यवसायीक उत्पादन प्रवद्र्धनको माधयम बाट पालिकाको किसानको आयस्तरको स्रोत बढाएर कृषिमै आत्मा निर्भर बनाउने प्रयास र प्रयत्न गरिरहेको गाँउपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।
