भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीले गोली हानी दुुतावासमै गरे आत्महत्या

काठमाडौं, २० असार । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन्। दीपक सिंह नाम गरेका ३२ वर्षीय सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दिए ।

‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ। त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरीले अधिकारीले भने ।
प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको बताए ।