शैलुङ,१५ असार | शैलुङ गाउँपालिकामा अब अस्थाई शिक्षक प्रशासन बाटै छनोट गरिने भएको छ | ७५२ वटै गाउँपालिका प्रशासन बाटै छनोट गर्ने प्राबधान भए पनि पुर्व गाउँ पालिका प्रमुखले यसलाई प्रशासन बाट हटाएर पालिका प्रमुख र उप-प्रमुख बाट छनोट तथा नियुक्ति दिने व्यवस्था गरिएको प्रबक्ता सुजन खड्काले बताउनु भयो |
त्यसै गरी बगखोर बजार देखि अस्पताल सम्मा करिब १.५ किलो मिटर सडक कालोपत्रे गर्नको लागि १ करोड १ लाख बजेट छुट्याएको छ भने धावावाङण्गेल पार्क , स्वास्थ्य शिक्षा लागएत कृषि तथा पशुपन्क्षि लाइ प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको प्रबक्ता खड्काले हामीलाई जानकारी दिए |