
काठमाडौँ,१२ असार | बिदेशमा लामो समयसम्म अनुभव सँगाली नेपाल फर्केका युवाहरुले मिलेर गजिबो ग्रिल नाम गरेको तास तथा सेकुवा रेस्टुराँ लाजिम्पाटमा सन्चालनमा ल्याएका छन |
रेस्टुराँमा नेपाली बिशेष स्वादमा तास, सेकुवा, पिज्जा तथा कफि लगाएत बार पनि सन्चालनमा रहेको छ | यहाँ जन्मोत्सव पार्टी, सेमिनार बैठक, भोज , भेटघाट गर्नको लागि १०० जना सम्मको लागि हलको ब्यवस्था समेत रहेको संचालक श्री नबिन रिसालले जानकारी दिनुभयो |
बिदेश बाट स्वदेशमै केहि गर्छौ भनेर फर्केका साथीहरु मिलेर गजिबो ग्रिल नामक तास तथा सेकुवा रेस्टुराँ खोलेका हुन् | संगै कलेज पढेका साथीहरु लामो समय विभिन्न मुलुकमा बसे पनि अब स्वदेशमै केहि गर्नु पर्छा है भन्ने निर्णयका साथ सबै जना जम्मा भएर यस रेस्टुडेन्ट खोलेको हामीलाई बताउनु भयो |