शैलुङ गाउँ पालिका द्वारा ६० करोड २ लाख १० हजार को नीति तथा कार्यक्रम प्रस्तुत

शैलुङ, असार १० | शैलुङ गाउँ पालिका द्वारा ६० करोड २ लाख १० हजार को नीति तथा कार्यक्रम ल्याएको छ | शैलुङ गाउँपालिकाको १२ औ नीति तथा कार्यक्रममा शैलुङ गाउपालिका लाई प्लास्टिक मुक्त शैलुङ बनाउन देखि गर्भवती महिला लाई निशुल्क रुप मा क्याल्सियम औषधिको ब्याबस्था मिलाईएको प्रबक्ता सुजन खड्का ले हामीलाई जानकारी दिए | ।

त्यस्तै गरी सन २०२५ लाई शैलुङ भ्रमण बर्ष मनाउने, अपाङ्ग क र जेष्ठ नागरिक ८० बर्ष कटेका नागरिक बिरामी भई स्थानिय स्वास्थ्य केन्द्रले रिफर गरेमा सम्बन्धित अस्पताल सम्म निशिल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएको बताउनु भयो |

जेष्ठ नागरिक र अपाङ्ग क र ख बर्गका ब्यक्ती हरुको प्रती २ महिनामा १ पटक घर मा नै पुगि स्वास्थ्य परिक्षण गरिने ब्याबस्था पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । समुदाय विद्यालयमा कक्षा ६ सम्म को विद्यार्थीको लागि नेपाल सरकार ले उपलब्ध गराएको दिवा खाजा बापत को प्रती विद्यार्थी १५ रुपैया मा गाउँ पालिकाको तर्फ बाट थप ५ रुपैया को ब्याबस्था सहित कक्षा ७ सम्म को निशुल्क खाजाको ब्याबस्था मिलाईएको प्रबक्ता खड्काले बताए |