काठमाडौँ,६ असार | अखिल (क्रान्तिकारी) द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आयल निगममा धर्ना दिएको छ | अखिल(क्रान्तीकारी) ले आज नेपाल सरकार र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृदि गरिएको विरुद्ध नेपाल आयल निगमकाे प्रङगनमा धर्ना तथा विराेध कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ले पटक -पटक आयल निगमले यसरी गरेको मूल्यवृद्धि विरुद्ध लाई फटाहाको संज्ञा दिदै यस्ता फटाहा गिरोहहरु र तिनीहरुको भण्डाफोर गर्न अब देश ब्यापी रुपमा सम्पूर्ण जनता हरु सडकमा उत्रिनु पर्ने बताउनु भयो |
जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धि विरुद्ध अब सारा जनता सडकमा आएर संघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने ले बताउनु भयो |