काठमाडौँ, २ असार | एसपीपी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी र दे.ज.मो .सडक संघारमा उत्रिएको छ | नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र सम्बद्ध जवस मोर्चाको संयुक्त आयोजनामा अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौताको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ ।

दे.ज.मो र सम्बद्ध जवस मोर्चाका नेता कार्यकर्ताहरुले रत्नपार्क शान्तिबाटिकाबाट विरोध ¥याली निकालेका छन् । विरोध र्याली, जमल, महेन्द्र शालिक, नारायणहिटी हुँदै एमसीएको कार्यालय याक एण्ड यति होटलको गेटमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल लगाएतका नेता हरुले मन्तव्य राख्नु भएको थियो |

