पाच लाख पचास हजारमा (५५००००) दुई ओटा भवन बेच्दै बिरेन्द्र माध्यमिक विद्यालय

शैलुङ, जेठ २४ | शैलुङ गाउँपालिका ५ स्थित श्री  बिरेन्द्र माध्यमिक विद्यालयको पुरानो भवन लिलामी गर्ने भएको छ | बिद्यालय व्यवस्थापन समितिले एक सूचना जारी गर्दै भवन खरिद गर्न इच्छुक सस्था वा व्यक्ति लाई आवाहन गरेको हो |

खरिद कर्ताले सूचनामा उल्लेखित शर्तहरु लाई ध्यानमा राखी मिति २०८९/०३/०६ सम्ममा आफुले खरिद गर्न चाहेको मूल्य सहित निवेदन दिन अनुरोध गरिएको छ |

दुई ओटा भवनको न्युनातम मूल्य ५५०००० (पाच लाख पचास हजार ) तोकिएको छ |