
काठमाडौं,१८ जेठ । काठमाडौंबाट भद्रपुर उडेको जहाज आँकास बाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ ।
बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।