
काठमाडौं ।विश्वको सर्वोच्च शिखर सगरमाथामा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको ब्यानर फहराइएको छ ।
मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले बर्गर हाउसको लोगो भएको ब्यानर फहराएका थिए। गायक राजु लामा सहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए।सगरमाथा आरोही सफल पछि गायक राजु लामालाइ बर्गर हाउसको सस्थापक बसन्त लामा सहितको टीमले धन्यवाद सहित भब्य स्वागत गर्नु भएको थियो।
गायक लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए।आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।
यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्