
काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । जहाजबारे खोजविन सुरु भएको छ ।