ठेकेदार कम्पनी संगको सहमति भए संगै मुडे मेलुङ्ग सडक बन्द कार्यक्रम स्थगित

शैलुङ, जेठ १४ |ठेकेदार कम्पनी संगको सहमति भए संगै मुडे मेलुङ्ग सडक बन्द संघर्ष  कार्यक्रम स्थगित भएको छ |

लिसंखु पाखर गाउँपालिका तथा शैलुङ गाउँपालिका अन्तर्गत पर्ने मुडे मेलुङ्ग सडक सुभ कामना तथा महालक्ष्मी निर्माण कम्पनीले मुडे देखि बाखोर डाडा सम्मा सवव्यस बिछाउने क्रममा हालसम्ममा पनि कुनै काम सम्पन्ना नभएको कारण सडक हिलाम्मे भइ मानिस समेत आवत जावत गर्न कठिन भएको र बस तथा मोटर साइकल आवतजावत गर्दा फस्ने , चिप्लिने र दुर्घटना हुने भएकाले लिसंखु पाखर गाउँपालिका ५ निगाले बसोबास गर्ने स्थानीयहरुले सडक निर्माण सम्पन्न नभए सम्माका लागि जेठ १५ देखि सडक बन्द घोसणा गरेको थियो |